बाँपीझ्याला, काठमाण्डौं । चिया तथा कफी विकास बोर्डले इलामका चिया किसानलाई चिया काट्न सिकाउने भएको छ । चिया कटिङ सिजन सुरु भएसँगै चिया किसानलाई चिया काट्ने प्रयोगात्मक तालिम दिइने भएको हो ।
चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रुपबाटै अघि बढ्न तालिम आवश्यकता रहेको बताउनु भएको छ ।
चियाको गुणस्तरको विकास गर्न र बजारीकरणको समस्या अन्त्य गर्न पहिले चियामा शुद्घिकरण गर्न आवश्यक रहेको भन्दै बोर्डले पहिलो चरणमा जिल्लाका २८ सयभन्दा बढी कृषकलाई तालिम दिन लागेको जनाएको छ ।
पुस २ गतेबाट जिल्लाका ११ ठाउँमा हुने तालिममा १५ देखि ३० जनाको समूह बनाएर तालिम आयोजन गर्ने बोर्डले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij