बाँपीझ्याला, काठमाण्डौं । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएको छ । ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्दा पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।
भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पठाउने गरिन्छ ।
तर ढुवानीको जिम्मा लिएको ठेकेदारले भने सुदूरपश्चिमका लागि पठाइएको मल भैरहवा र कपिलवस्तुमै बेच्ने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङग कर्पोरेशनले मलको आपूर्ति गर्न नसकेपछि आफूहरुले लागतभन्दा बढी मूल्य तिरेर भैरहवाबाट मल ल्याएर कृषकहरुलाई वितरण गर्न बाध्य भएको कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम भाटले बताउनुभयो ।
उता, गहुँ सिंचाइ गरेपछि रासायनिक मल हाल्ने बेला हुँदासमेत अहिलेसम्म मल पाउन नसकेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाका कृष्णपुर, लालझाडी र पुनर्वास क्षेत्रका साहकारीहरुले भैरहवाबाटै मल ल्याएर कृषकहरुलाई वितरण गरेका छन् ।
तर भीमदत्त, बेदकोट र दोधारा चाँदनीमा भने थोरै पनि मल नपाउदा हाहाकार भएको छ । सुदूरपश्चिममा भैरहवा नाकाबाट मल आयात हुने गरेको छ । गहुँको सिजनाका लागि ५ हजार मेट्रिक टन युरिया आवश्यक भएपनि साउन यता ३१ सय मेट्रिक टन मात्रै आएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij