Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

स्याउको राजधानी मुस्ताङमा स्याउको उत्पादनमा बृद्धी

स्याउको राजधानी मुस्ताङमा स्याउको उत्पादनमा बृद्धी

बाँपीझ्याला, काठमाण्डौं । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष स्याउ उत्पादन नौ प्रतिशतले बढेको छ । स्याउ उत्पादन र स्वादका लागि नेपालमै चर्चित मानिने हिमाली जिल्ला मुस्ताङमा यसवर्ष पाँच हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको हो ।
गतगत वर्ष पाँच हजार एक सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ४५१ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसा एकहजार ४४० हेक्टर जग्गामा लगाइएको स्याउका बोटहरूमध्ये मुस्ताङमा यसवर्ष पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएका करिब एकलाख ५० हजार बोटबाट स्याउ उत्पादन भैरहेकोमा पाँच हजार ५६४ मेट्रिक टन स्याउ उत्पादन भएको हो ।

मुस्ताङमा उत्पादित स्याउको कुल उत्पादनमध्ये करिब ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुन्छ । स्याउको विक्री वितरणबाट करिब ५० देखि ५५ करोड रूपैयाँ मुस्ताङ भित्रिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउँपालिकामा दुई हजार ५६८, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक हजार ९३६, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १२० र लोमान्थाङ गाउँपालिकामा ३२ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

हाल मुस्ताङ जिल्लाको एक हजार ४४० हेक्टरमा स्याउ लगाइएको भए पनि ५२० हेक्टरको स्याउले मात्रै उत्पादन दिन्छ । उक्त क्षेत्रमा लगाइएको स्याउको बोट परिपक्क भएकाले उत्पादन पनि त्यही क्षेत्रले दिने गरेको छ । जिल्लाका सबै गाउँपालिकामा स्याउ उत्पादन हुने भए पनि पछिल्लो समय बाह्रगुङ मुक्ति क्षेत्रमा स्याउ खेतीको विस्तार तीव्र गतिमा भएको छ । बाह्रगुङ मुक्तिक्षेत्रको छुसाङ, ताङ्वे, तिरी फल्याक, मुक्तिनाथ क्षेत्र आदिमा स्याउको बोट लगाउने कार्य तीव्र गतिमा बढेको ज्ञान केन्द्र प्रमुख वस्ताकोटीले बताउनुभयो ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा ५७२, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा ५९४, थासाङ गाउँपालिकामा १६२, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । घरपझोङ गाउँपालिकाको मार्फामा स्याउ उत्पादन बढी हुने हुँदा जिल्लामा सबैभन्दा बढी स्याउ उत्पाद हुने स्थानीय तह पनि घरपझोङ नै हो । लोमान्थाङमा पछिल्लो समयमा मात्र स्याउ खेती विस्तार भएकाले जिल्लामा सबैभन्दा कम स्याउ उत्पादन पनि लोमान्थाङ गाउँपालिकामा भएको तथ्याङ्कले देखाएको छ ।

मुस्ताङमा परम्परागत रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, गोल्डेन डेलिसियस जातको स्याउ उत्पादन हुँदै आएको छ । पछिल्लो समय किसानले छिटो छरितो फल दिने ईटाली (उच्च घनत्व)को स्याउ विरुवा समेत लगाउन थालेका छन् ।

पछिल्लो दुईवर्ष मुस्ताङ जिल्लाभित्र करिब ५० हजार उच्च घनत्वको स्याउका विरुवा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार