बाँपीझ्याला, काठमाण्डौँ । रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।
घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले रातोपाटीलाई बताएका छन् । केही उपचार पछि निको भैसकेका छन् । कटहरिया ५ स्थित एउटा गोठमा युवाहरू तास खेलेर बसिरहेका बेला गोठको पूर्वमा रहेको सिमलको रुखमा रहेको माहुरीको घारमा एउटा चरा ठोक्कएपछि आक्रोशित माहुरीहरूले उनीहरूमाथि आक्रमण गरेका थिए । एकै जनालाई सयौँ माहुरीले टोकेकाले केही मानिस अचेतसमेत भएकाले गाउँले उनीहरूलाई अस्पताल सम्म उपचारको लागि पुर्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij