बाँपीझ्याला,काठमाण्डौँ । बेमौसमी वर्षाका कारण कञ्चनपुरमा अन्न तथा तरकारी बालीमा गरी झण्डै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
कृषिज्ञान केन्द्र कञ्चनपुरले कञ्चनपुरमा मात्र अन्न तथा तरकारी बालीमा गरी ३ अर्ब ७६ करोड बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ ।
सबैभन्दा बढी धानबालीमा एक अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति गरेको छ भने तरकारीमा ६६ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति गरेको छ । आलुमा ६० करोड २७ लाख रुपैयाको क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर दिल बहादुर विष्टले बताउनुभयो ।
शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वास क्षेत्रमा सवैभन्दा बढी क्षति भएको पनि जनाइएको छ । यस वर्ष कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । जसमध्ये बेमौसमी वर्षाले १६ हजार ४८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति गरेको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij