Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डबाट छठ पर्वको अवसरमा शुभकामना सन्देश

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डबाट छठ पर्वको अवसरमा शुभकामना सन्देश

बाँपीझ्याला, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधता हो । नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्दछ ।

यसै गरी अझै पनि कोरोना भाइरस (कोभिड–१९) का कारण सहजरुपमा चाडपर्व मनाउने अवस्था छैन । स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गर्दै सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको शुभकामना सन्देशको बिज्ञप्ती जारी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार