
नेपाल राज्यमा हालको भूमि वर्गीकरण अनुसार ७७ जिल्लाकै अधिकांश प्रमुख नगर र शहरी क्षेत्रमा नेवार जाती नपुगेको र नरहेको ठाउँ शायद विरलै होला प्रमुख शहर देखि गाउँ बस्तीसम्म पनि नेवार जाती व्यापारी, कलाकार, चित्रकार, शिल्पकार र व्यञ्जनकारको हिसाबले अग्रपंक्तिमा देखिन्छ, अझ भन्नुपर्दा कला, संस्कृति र परम्परालाई दिगो राख्न नेवारहरु कुनैमा पनि पछि परेका छैनन् ।
नेवार जातीयता भित्र एकतामा अनेकौं पृष्ठभूमि छ र ती अनेकता भित्र एकताको प्रतीक छ, धरोहर छ, क्षेत्र, प्रदेश, नगर जताततै नेवारी परम्परा फरक हुनसक्छ तथापि मूल उद्देश्य र महत्व एउटै हुन जान्छ ।
विगत केही समयदेखि देशको प्रमुख नगरहरुमा शहरीकरण र विकासका कार्यक्रम भनेर सडक फराकिलो पार्ने र ठूलाठूला मल, एपार्टमेन्ट जस्ता विशाल महल बनाउने हिसाबले कतैकतै पौराणिक र ऐतिहासिक सम्पदामा गैर जिम्मेवारी पूर्ण हस्तक्षेप हुन पुगेको छ, फलस्वरूप शहरका नेवारहरुलाई बिस्तार विस्तार विस्थापित गर्न खोजिएको आभास हुन्छ । यसमा हामी नेवार स्वयंमा कमजोरी देखिन्छ, यसको कारण हो, आ–आफ्नो भित्र नै एकता हुन नसकेकोले हो कि ? कुनै संगठनको हिसाबले कुनै वैचारिक भावनाले र कुनै व्यवस्था व्यापारीको कारणले पनि हुनसक्छ ।
नेवारी क्षेत्रको रुपमा प्रसिद्ध उपत्यका काठमाण्डौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा, पनौती, बन्दिपुर, चित्लाङ, तौथली, पोखरा, गोरखा तानसेन आदि नेपाल मण्डल भित्रका जिल्लाका शहरहरुमा नेवारी बाहुल्यता भएपनि केही विकासे मकुण्डोधारीहरुले सनातन धर्म र संस्कारका नेवारी पूजारीहरुलाई सानातिना लोभ लालच देखाएर धर्म संस्कृति नै ओझेलमा पार्न खोजिएको देखिन्छ ।
यिनै कुरालाई मध्यनजर राखेर हामीले उपत्यकाबाट नेवार समुहलाई विभित्र क्षेत्रमा संगठित गरेर एक जुट हुन आव्हान गररिहेका छौं, जस्तो कि, नेवार राजनीतिक अभियान, नेवाः दे दबु, नेवाः पुचः विराटनगर, नेवाः खल, नेवाः मिसाः पुचः नेपाः जस्ता विभिन्न संगठन विस्तार गरेर संघर्ष सहित नेवारी भाषा, संस्कृति र परम्परालाई यथावत् राखौं भन्ने उद्देश्य र लक्ष सहित अगाडि बढिरहेका छौं ।
नेवारी पहिचान भित्र आयातित केही धर्महरुलाई संलग्नता पनि देखिएको छ, उहाँहरुलाई पनि केही क्षणिक लोभ लालचमा नफसिकन आफ्नो कला, संस्कृति र भाषालाई जिवन्त राख्न आम नेवारी नागरिकहरुमा सचेतना जगाउने कामलाई उत्प्रेरित गरौं । हामीले हाम्रो पहिचान जनाउन पहिले आफ्नो पहिचानलाई सुरक्षित र संरक्षण गर्न अग्रसर हुनु जरुरी छ भन्ने मेरो धारणा छ ।

नेवारी जातीयता कै रुपमा कुरा गर्नुपर्दा एकताको लागि धेरै कुरामा बिचार पु¥याउन आवश्यक देखिन्छ, जस्तो कि संस्कृति, कला र परम्परामा स्व–निर्णय हुनुभएन, चाडपर्वमा पनि थेट पौराणिक झल्काउन सक्नुपर्छ, अर्थात आधुनिकीकरण हुनुभएन, समय र शताब्दीलाई दोष दिएर कला संस्कृतिलाई परिमार्जन गर्नु भएन, नत्र मौलिकताको के अर्थ भयो र ! यदा कदा जात्रामा प्रयोग गरिने वस्तु या पदार्थलाई पनि आधुनिकीकरण गर्न खोजिएको देखिन्छ, त्यसलाई प्रारुप दिने कोसिस गर्नुपर्छ, ती कुनैकुनै वस्तु लोपभएको पनि हुनसक्छ, बरु नमुनाका रुपमा प्राचीनता नै खोजतलास गर्ने तर आधुनिकता नझल्काउँदा उत्तम हुनेछ कि ?
नेवारी पोशाककै कुरा गर्नु पर्दा पनि कोही कोही बुजरुक भनाउदाहरुले हाकु पटासी र गुन्यु चोलीलाई परिमार्जन गरेर , टीशर्ट र हाफपैण्ट, लेहँगा, कुर्ताको रुपमा डिजाइन गरेर आफूलाई फेसन डिजाइनर देखाउन खोजिरहेका छन् यस्तो कामलाई निरुत्साहित गर्न जरुरी छ, किनकि हामीलाई प्राचीन मौलिकता झल्काउन आवश्यक छ ।
अब नेपाल भाषाको रुपमा नेवार जातीयतामा स्थान अनुसार भिन्नता रहेपनि आ–आफ्नो ठाउँ अनुसारको भाषालाई निरन्तरता दिने गरेकोे देखिदैन, जति पुराना पुस्ताका हाम्रा अग्रज तथा अभिभावकहरुले बोली आएका शब्दमा पनि ध्यान दिएको पाईंदैन, बाहिर मञ्च, सभा सम्मेलनमा नेवारी भाषालाई निरन्तरता दिनु जरुरी छ भन्ने तर उनकै घरमा आयातीत भाषा बोल्ने गरेको यथेष्ट प्रमाण छ । जस्तो कि नातागत हिसाबले बा, मा, कका, काकीमा, निनी, पाजु, तताजु, मलेजु,

मल्जु (उपत्यकाको नेपा भाषामा) मल्ली, तबा, डोबा, डोमा, पिरी, जर्फु, निन्मा, कुबा, पाजु (दोलखा नेपाल भाषामा ) बोलिने भाषाको मौलिक शब्द हो, तर हिजोआज करीब ८६५ नेवारहरुको घरमा मम्मी, ड्याडी, अंकल, आन्टी, गुड मर्निङ जस्तो अंग्रेजी शब्दले हाम्रो मौलिकतालाई पुरै ओझेलमा पारेको छ । यसरी हामी आफूले नै यी कुरालाई बेवास्ता गर्यौं भने भावी सन्ततिले हाम्रो मौलिकता जोगाउलान् र ? यसकारण नेवारहरुको भाषा, संस्कृतले नै नेपालले शिर उच्च राख्न सफल भएको देखिन्छ । त्यसैले यसको संरक्षण गर्न सरकारको पनि दायित्व र जिम्मेवार रहेको हुन्छ ।
अन्तमा, हामीले हाम्रो मौलिक धरोहरलाई दुरुस्त राख्ने हो भने हामी स्वयंले अहं भूमिका निभाउन अग्रसर हुन जरुरी छ । नेवारी सभ्यता जोगाउन पहिले आफू सभ्य बनौ, अनि सभ्यता जोगाउन सफल हुनेछौं भन्ने मेरो आशय हो । अस्तु !!
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij