Nov 05 2026 | २०८३, कार्तिक १९, गते

Nov 05 2026 | २०८३, कार्तिक १९, गते

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने

भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने

 

नेपाल सम्वत् ११४७, कौलागाः १०, दशमी (१८ कार्तिक २०८३, ४ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विदेश सचिव मिश्रीको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा भएको बताइएको छ।

भ्रमणका क्रममा मिश्रीले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम रहेको छ। उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ।

नेपाल भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार