नेपाल सम्वत् ११४७, कौलागाः १०, दशमी (१८ कार्तिक २०८३, ४ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । रौतहटमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्। गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति करिब ९ः१५ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।
गोलीका छर्रा लागेर यादवको ढाड, दाहिने पाखुरा तथा दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको शरीरका विभिन्न भागमा गरी छ वटा गोलीका छर्रा लागेको बताइएको छ।
घटनापछि घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राति नै वीरगन्ज लगिएको हो। हाल उनको नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनको अवस्था गम्भीर रहेको जनाएको छ।
घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा गोली प्रहारको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij