नेपाल सम्वत् ११४७, कौलागाः ९, नवमी (१७ कार्तिक २०८३, ३ नोभेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला ।लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ।
आज ३४९ कम्पनीका १ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन सोमबार ७ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
कारोबार भएका कम्पनीमध्ये १४३ वटाको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
उपसमूहतर्फ होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ। फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहमा भने गिरावट आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij