नेपाल सम्वत् ११४६, कौलाथ्वः ३, तृर्तिया (२७ असोज २०८३, १३ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–५ स्थित तामाकोशी नदी किनारमा मंगलबार बिहान भेटिएका दुई शवको पहिचान भएको छ। मृतक दोलखाको मेलुङ गाउँपालिका–१, पवटी भँगेरीकी करिब ३० वर्षीया आस्मा खड्का र उनका करिब १० वर्षीय छोरा आदित्य खड्का रहेको प्रहरीले जनाएको छ।
असोज २३ गतेदेखि काठमाडौंमा हराइरहेका आमा–छोराको शव तामाकोशी नदी किनारमा फेला परेको हो। मृतकका आफन्तको रोहबरमा मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि मंगलबार साँझ चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले जानकारी दिनुभयो।
घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले आस्माका श्रीमान्लाई नियन्त्रणमा लिएको छ। वैदेशिक रोजगारीमा रहेका उनी असोज २१ गते नेपाल फर्किएका थिए।
घटना
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij