Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

ज्येष्ठ नागरिकप्रति सम्मान, उमेरमैत्री समाज निर्माणमा जोड

ज्येष्ठ नागरिकप्रति सम्मान, उमेरमैत्री समाज निर्माणमा जोड

नेपाल सम्वत् ११४६, यंलागाः ५, पञ्चमी ९१५ असोज २०८३, १ अक्टोबार, २०२६० बिहीबार, बाँपिझ्याला । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई समाजको **‘जीवित सम्पदा’**का रूपमा सम्मान गर्दै उहाँहरूको अधिकार, सुरक्षा, स्वास्थ्य, सहज जीवनयापन तथा सम्मानपूर्वक बाँच्न पाउने वातावरण सुनिश्चित गर्न परिवार, समुदाय र राज्यको साझा जिम्मेवारी रहेको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक महानगर प्रमुख सुनीता डंगोलले बताउनुभएको छ।

ज्येष्ठ नागरिकप्रतिको सम्मान सामाजिक दायित्व मात्र नभई साझा कर्तव्य भएको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकलाई दुर्व्यवहार, उपेक्षा, शोषण तथा हिंसाबाट सुरक्षित राख्नुपर्ने बताउनुभयो। पर्याप्त खाना, कपडा र आवासको उपलब्धता तथा उमेरअनुकूल सहज र निःशुल्क स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु सबैको जिम्मेवारी रहेको उहाँको भनाइ छ।

काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न नीति, योजना तथा विभिन्न कार्यक्रममार्फत आवश्यक प्रणाली निर्माण गरी काम गरिरहेको जनाएको छ। महानगरपालिकाका अनुसार ज्येष्ठ नागरिकमैत्री सेवा तथा वातावरण निर्माण गर्दै उहाँहरूको सम्मानजनक जीवनयापनका लागि आवश्यक पहललाई निरन्तरता दिइँदै आएको छ।

यद्यपि, समावेशी, सुरक्षित र सम्मानजनक समाज निर्माण सरकारको मात्र जिम्मेवारी नभई परिवार, समुदाय र सम्पूर्ण नागरिकको साझा दायित्व भएको महानगरपालिकाले जनाएको छ।

“ज्येष्ठ नागरिकका लागि मात्र होइन, हामी सबैको भविष्यका लागि उमेरमैत्री, सुरक्षित र सम्मानपूर्ण समाज निर्माण गरौँ” भन्ने सन्देशसहित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति हार्दिक सम्मान व्यक्त गरिएको छ। साथै, उहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानपूर्ण र सुखमय जीवनको शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार