Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई ३ अर्बभन्दा बढी घाटा

नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले बढेर आए पनि निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले बजार मूल्य नबढाउने निर्णय गरेको हो।

निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा हालैको बाढीपहिरोबाट परेको असर, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी साविककै मूल्य कायम राखिएको जनाएको छ।

नयाँ निर्णयअनुसार क्षेत्रअनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपालमा बिक्री मूल्य नबढाउँदा निगमलाई आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार हालको मूल्य कायम राख्दा १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान छ।

चाडपर्वको समयमा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य वृद्धि नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार