Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

पोखरामा आज र भोलि विद्यालय बन्द

पोखरामा आज र भोलि विद्यालय बन्द

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । अत्यधिक वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि पोखरा महानगरपालिकाले महानगरभित्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा आज असोज ८ गते र भोलि असोज ९ गते स्थानीय बिदा दिने जनाएको हो।

सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन्। दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।

यसअघि शिक्षा मन्त्रालयले पनि प्रतिकूल मौसमका कारण आज र भोलि विद्यालय बन्द गर्न आग्रह गरेको थियो। मन्त्रालयको आग्रहलाई समेत ध्यानमा राख्दै महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासीलाई मौसम प्रतिकूल रहेकाले सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार