नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठकमा नेता डा. शेखर कोइराला सहभागी भएका छैनन्। उनको अनुपस्थितिबारे सचिवालयले बिहीबार मात्रै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विस्तृत छलफल भइसकेकाले शुक्रबारको बैठकमा सहभागी नभएको जनाएको छ।
कोइरालाको सचिवालयका एक सदस्यका अनुसार, “हिजो मात्रै दुवै नेताबीच छलफल भएको थियो। आजको बैठक मुख्यतः देउवा पक्षीय नेताहरूबीचको भएकाले डा. शेखर सहभागी हुनुभएन।”
कांग्रेसभित्र पार्टी एकता, संगठन सुदृढीकरण र नेतृत्व व्यवस्थापनका विषयमा संस्थापन र संस्थापनइतर पक्षबीच मतभेद कायम रहेका बेला नेताहरूबीच संवाद र छलफल तीव्र बनेको छ। संस्थापनइतर पक्षले पार्टीभित्र समान सहभागिता र आफ्ना एजेन्डालाई सम्बोधन गर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ।
संस्थापन पक्षले ती मागप्रति अपेक्षित चासो नदिएको इतर पक्षको निष्कर्षपछि उनीहरूले सातै प्रदेशमा कार्यकर्ता भेला सम्पन्न गरिसकेका छन्। अब काठमाडौंमा राष्ट्रियस्तरको भेला आयोजना गर्ने तयारी पनि भइरहेको स्रोतले जनाएको छ।
यसबीच शीर्ष नेताहरूबीचको निरन्तर संवादलाई कांग्रेसभित्रको आन्तरिक विवाद समाधान र पार्टी एकताको प्रयासका रूपमा हेरिएको छ। आगामी राष्ट्रिय भेलाले पार्टीभित्रको शक्ति सन्तुलन र भावी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij