दोलखामा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी सुरु भएको छ। डिभिजन वन कार्यालय दोलखाले प्रक्रियागत काम टुंगिएलगत्तै अतिक्रमित क्षेत्र खाली गराउने जनाएको छ।
चरिकोटमा आयोजित जिल्लास्तरीय वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले शैलुङको कालापानी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सुरु गरिने जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी सरकारी तथा अन्य संरचना निर्माण भएको भन्दै त्यसको न्यायोचित व्यवस्थापन गरिने उनले बताए।
प्रमुख रेग्मीले कालिञ्चोकको कुरीलगायत क्षेत्रका वन अतिक्रमणबारे कार्यालय जानकार रहेको उल्लेख गर्दै संरक्षण र पर्यटन प्रवर्द्धनबीच सन्तुलन कायम हुने गरी समस्या समाधान गरिने बताए। उनका अनुसार वन क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्दै स्थानीय आवश्यकता र पर्यटन विकासलाई समेत ध्यान दिएर आवश्यक कदम चालिनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij