नेपाल सम्वत् ११४६, अनलाथ्वः १३ त्रयोदशी, (१५ जेष्ठ, २०८३, २९ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखा जिल्ला गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा र भीमेश्वर नगरपालिकाको व्यवस्थापनमा गणतन्त्र दिवस २०८३ दोलखामा औपचारिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा आयोजना गरिएको हो । जसमा जिल्लाभरका सरकारी निकाय, राजनीतिक नेतृत्व, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरू, साथै नागरिक समाज र पत्रकारहरूको उपस्थिति रहेको थियो। विविध क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले गणतन्त्र दिवसलाई औपचारिक मात्र नभई समावेशी र प्रतिनिधिमूलक बनाएको आयोजकहरूले जनाएका छन्।
समारोहका अवसरमा गणतन्त्र स्थापनापछि देशले प्राप्त गरेका राजनीतिक परिवर्तन, संघीय संरचनाको कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको विस्तार तथा संस्थागत सुधारका विषयमा चर्चा गरिएको थियो। सहभागी वक्ताहरूले गणतन्त्रलाई मजबुत बनाउन संविधान, संसद, न्यायपालिका र स्थानीय तहबीचको समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लोकतान्त्रिक व्यवस्थाको संरक्षण, सुशासन प्रवद्र्धन र जनतामुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको थियो। वक्ताहरूले गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिक अधिकार, समान अवसर र उत्तरदायी शासन प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका थिए।
यस अवसरमा स्थानीय तहको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै सेवा प्रवाहलाई जनताको नजिक पु¥याउन सके मात्र गणतन्त्रको वास्तविक उद्देश्य पूरा हुने धारणा व्यक्त गरिएको थियो। साथै, विकास निर्माणका कामलाई गति दिन सबै राजनीतिक दल र प्रशासनिक निकायबीच सहकार्य अपरिहार्य रहेकोमा पनि जोड दिइएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij