नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको भीमेश्वर नगर समितिको सभापतिमा श्यामकृष्ण कायस्थ चयन भएका छन्।
आज सम्पन्न नगर अधिवेशनले कायस्थको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नगर समिति चयन गरेको हो। समितिको उपसभापतिमा विष्णुकुमार श्रेष्ठ, सचिवमा सुमन थापा, सहसचिवमा सहदेव कार्की तथा कोषाध्यक्षमा अस्मिता शिवाकोटी चयन भएका छन्।
समितिका सदस्यहरूमा जानकी सापकोटा, महेन्द्र नेपाली, कमल बहादुर श्रेष्ठ, विष्णुकुमार भुजेल, राम्जी शिवाकोटी, कृष्णओम थापा र रामबहादुर खड्की रहेका छन्।
नगर अधिवेशनमा जिल्ला सभापति दिनेश बस्नेतसहित रास्वपाका जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij