Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ट्रम्पले इरान सम्झौतामा हतार नगर्न वार्ताकारलाई दिए निर्देशन

ट्रम्पले इरान सम्झौतामा हतार नगर्न वार्ताकारलाई दिए निर्देशन

नेपाल सम्वत् ११४६, अनलाथ्वः १० नवमी, (११ जेष्ठ, २०८३, २५ मे, २०२६) सोमबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा आफ्ना प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। अमेरिका र इरानबीच युद्धविराम थप गर्ने, स्ट्रेट अफ होर्मज पुनः खोल्ने तथा आणविक कार्यक्रमबारे थप छलफल गर्ने विषयमा सहमति नजिक पुगेको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन्। उनले दुवै पक्षले पर्याप्त समय लिएर कुनै गल्ती नगरी सही ढङ्गले सम्झौता टुङ्ग्याउनुपर्ने उल्लेख गरेका छन्। यसअघि उनले अधिकांश विषयमा सहमति भइसकेको संकेत दिएका थिए।

इरानी सञ्चारमाध्यमहरूले भने अझै केही महत्वपूर्ण विषयमा असहमति कायम रहेको जनाएका छन्। इरानका अधिकारीहरूले वार्तामा प्रगति भएको स्वीकार गरे पनि अन्तिम सहमति भइनसकेको स्पष्ट पारेका छन्।

सम्झौताबारे अमेरिकी रिपब्लिकन पार्टीभित्र नै मतभेद देखिएको छ। केही नेताहरूले प्रस्तावित सम्झौता इरानप्रति धेरै नरम भएको आरोप लगाएका छन् भने केहीले ट्रम्प प्रशासनले इरानलाई वार्तामा ल्याउन सफल भएको दाबी गरेका छन्।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि पश्चिम एसियामा तनाव बढेको थियो। त्यसपछि दुवै पक्षबीच युद्धविराम र वार्ताको प्रक्रिया अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार