नेपाल सम्वत् ११४६, अनलाथ्वः ७ सप्तमी, (९ जेष्ठ, २०८३, २३ मे, २०२६) शनिवार, बाँपिझ्याला । २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पत्रकार दीपशंकर चौलागाईं नेपाली पत्रकारिताका एक प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित भएका छन् । लामो समयदेखि पत्रकारिता पेशामार्फत समाज रूपान्तरण, जनचेतना अभिवृद्धि तथा सत्य र न्यायको पक्षमा कलम चलाउँदै आएका चौलागाईंले नेपाली सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।
करिब दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा संलग्न चौलागाईंले करिब २० जना पत्रकारलाई समाचार लेखन, खोज पत्रकारिता तथा सामाजिक उत्तरदायित्वबारे प्रशिक्षण दिई देशका विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा स्थापित गराउन सफल भएको उल्लेख गरिएको छ । उहाँले पत्रकारितालाई केवल पेशाका रूपमा नभई समाज परिवर्तनको अभियानका रूपमा आत्मसात गर्दै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान पु¥याउँदै आउनुभएको छ ।
उहाँको यही योगदानको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ दोलखाको १३औँ वार्षिक साधारणसभाको अवसरमा “ईन्द्रमणि पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो । चौलागाईं नेपाल पत्रकार महासंघ दोलखाका निवर्तमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहनुभएको छ ।
कार्यक्रममा उहाँप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरू अझ सफल, सशक्त र सिर्जनात्मक बनून् भन्ने शुभकामना व्यक्त गरिएको थियो । साथै उहाँको कलम निरन्तर जनताको पक्षमा चलिरहोस् र सत्य तथा न्यायको यात्रामा अझ दृढ बनोस् भन्ने कामना गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij