Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर नगरपालिकामा वडा सचिवसँग ‘कार्यसम्पादन करार सम्झौता’

भीमेश्वर नगरपालिकामा वडा सचिवसँग ‘कार्यसम्पादन करार सम्झौता’

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले वडा तहबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यले वडा सचिवहरूसँग ‘कार्यसम्पादन करार सम्झौता’ आज सम्पन्न गरेको छ।

नगरप्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी र विभिन्न वडाका वडा सचिवहरूबीच कार्यसम्पादन करार सम्झौता गरिएको हो।

सम्झौताले वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा, प्रशासनिक कार्य तथा विकाससम्बन्धी गतिविधिलाई निर्धारित जिम्मेवारी र लक्ष्यअनुसार अघि बढाउन थप आधार तयार गर्ने विश्वास गरिएको छ। स्थानीय तहमा जनताको प्रत्यक्ष सम्पर्क वडा कार्यालयसँग हुने भएकाले वडा तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सम्झौतालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

कार्यसम्पादन करारमार्फत वडा सचिवहरूले आफ्नो जिम्मेवारीलाई स्पष्ट रूपमा बुझेर निर्धारित कार्यसम्पादनका आधारमा काम गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ। यसबाट वडा कार्यालयका नियमित प्रशासनिक काम, नागरिकका गुनासा तथा निवेदनको सम्बोधन, आवश्यक सिफारिस तथा प्रमाणपत्र वितरण, अभिलेख व्यवस्थापनलगायत सेवा प्रवाहका कामलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने जनाइएको छ।

त्यसैगरी, नगरपालिकाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयनमा वडा कार्यालयको भूमिका प्रभावकारी बनाउने, निर्धारित काम समयमै सम्पन्न गर्ने तथा सेवाग्राहीप्रति उत्तरदायी बन्ने वातावरण निर्माण गर्न पनि सम्झौताले सहयोग पु¥याउने छ भनी प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनु भयो ।

कार्यक्रममा नगरप्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी तथा वडा सचिवहरूको सहभागिता रहेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार