नेपाल सम्वत् ११४६, बछलागाः ४ चौठी (२२ बैशाख, २०८३, ५ मे, २०२६) मंगलबार बाँपिझ्याला । नेपाली कांग्रेस दोलखा, भीमेश्वर नगरपालिका वडा नं २ का सक्रिय नेता ज्ञानु कुवर योगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। भीमेश्वर नगरपालिकामा आफ्नै पार्टीले नेतृत्व गरे पनि अपेक्षाअनुसार जनमुखी विकास र प्रभावकारी काम हुन नसकेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन्।
रास्वपा भीमेश्वर वडा नं २ कमिटीको अधिवेशनका क्रममा आयोजित कार्यक्रममा योगी औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा स्थानीय नेताहरू र कार्यकर्ताहरूको उपस्थितिमा उनलाई स्वागत गरिएको थियो।
योगीले लामो समयदेखि कांग्रेसभित्र रहेर सक्रिय राजनीति गरे पनि स्थानीय तहमा विकास निर्माण, सेवा प्रवाह र जनअपेक्षा पूरा गर्ने विषयमा सन्तोषजनक काम हुन नसकेको टिप्पणी गरेका छन्। विशेषगरी नगरपालिकाको नेतृत्व आफ्नै पार्टीको भए पनि जनताको दैनिक समस्या समाधान र विकास योजनाको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको उनको भनाइ छ।
उनका अनुसार स्थानीय तहमा राजनीतिक प्रतिबद्धताभन्दा बढी व्यक्तिगत र प्रशासनिक समस्याले काम प्रभावित भएको छ। यसले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएको र त्यही अवस्थाले आफूलाई वैकल्पिक राजनीतिक धार रोज्न प्रेरित गरेको उनले स्पष्ट पारेका छन्।
रास्वपा प्रवेशपछि योगीले अब जनमुखी राजनीति, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा रास्वपा स्थानीय नेतृत्वले उनलाई स्वागत गर्दै संगठन विस्तार र नयाँ ऊर्जाका रूपमा उनको आगमनलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij