Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको भण्डारेमा आगलागी, २० लाख बराबरको क्षति

दोलखाको भण्डारेमा आगलागी, २० लाख बराबरको क्षति

नेपाल सम्वत् ११४६, बछलाथ्वः ४ चौथी (८ बैशाख, २०८३, २१ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–९ भण्डारे गाउँमा सोमबार साँझ आगलागी हुँदा दुईवटा घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार स्थानीय दल बहादुर श्रेष्ठको भूकम्प प्रतिरोधात्मक घर र गाई–बाख्रा बाँध्ने कच्ची मतान घरमा आगलागी भएको हो।

बेलुकी करिब ४ बजेतिर अचानक सुरु भएको आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, करिब ४ तोला सुन र नगद २ लाख रुपैयाँ जलेर नष्ट भएको छ। प्रारम्भिक विवरण अनुसार आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको तथा घटनामा मानवीय क्षति हुन नदिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार