Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

हराएको बाइक फेला पार्दै दोलखा प्रहरीको उदाहरणीय काम, स्थानीयबाट उच्च प्रशंसा

हराएको बाइक फेला पार्दै दोलखा प्रहरीको उदाहरणीय काम, स्थानीयबाट उच्च प्रशंसा

नेपाल सम्वत् ११४६, चौलाथ्वः ८ अष्ठमी (१२ चैत्र, २०८२, २६ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । पछिल्लो समय निरन्तर सक्रियता र प्रभावकारी कामका कारण स्थानीय जनताको विश्वास जित्दै आएको नेपाल प्रहरी अन्तर्गतको दोलखा प्रहरीले फेरि एक उदाहरणीय कार्य गर्दै हराएको मोटरसाइकल फेला पारी सवारीधनीलाई सुरक्षित रूपमा बुझाएको छ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–कृष्ण मन्दिर नजिक गत असार ३२ गते राति पार्किङ गरिएको बा.प्र.०२–०१९ प २४५४ नम्बरको कालो रङको अपाचे TVS 160cc मोटरसाइकल हराएको थियो। उक्त मोटरसाइकल बिराज थारुको नाममा दर्ता रहेको थियो। मोटरसाइकल हराएपछि प्रहरीले निरन्तर निगरानी, सूचनाको विश्लेषण र गहन अनुसन्धान अघि बढाएको थियो।

सोही सक्रियता र अनुसन्धानका क्रममा चैत्र १० गते विगु गाउँपालिका–४, सिंगटी बजार क्षेत्रमा नम्बर प्लेट परिवर्तन गरी लुकाइएको अवस्थामा मोटरसाइकल फेला पार्न सफल भएको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त मोटरसाइकल सवारीधनीलाई सुरक्षित रूपमा फिर्ता गरेको जनाएको छ।

यस घटनापछि स्थानीयवासीहरूले दोलखा प्रहरीको कार्यशैलीप्रति उच्च प्रशंसा व्यक्त गरेका छन्। उनीहरूका अनुसार पछिल्ला दिनहरूमा प्रहरीले देखाएको सजगता, अनुसन्धान क्षमता र जनसेवाप्रतिको प्रतिबद्धता साँच्चिकै प्रेरणादायी छ।

यो घटनाले दोलखा प्रहरीले अपराध नियन्त्रण मात्र होइन, हराएका सामान फेला पारेर नागरिकको भरोसा जित्ने कार्यमा पनि उत्कृष्टता प्रदर्शन गरिरहेको स्पष्ट पार्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार