नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ।
मुम्बइको वान्खेडे रंगशालामा नेपालको खेल साँझ ७.१५ बजे सुरू हुनेछ। नेपाल यसअघिका सबै तीन खेल हारेर विश्वकपबाट बिदा भइसकेको छ।
नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटले पराजित भएको थियो।
कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij