Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखावासी विच युवा नेता विशाल खड्का चर्चाको शिखरमा

दोलखावासी विच युवा नेता विशाल खड्का चर्चाको शिखरमा

नेपाल सम्वत् ११४६, सिल्लागाः ६, षष्ठी (२४ माघ, २०८२, ७ फ्रेवअरी, २०२६) शनिवार, बाँपिझ्याला । दोलखा जिल्लाको समग्र विकास, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार युवा नेता विशाल खड्काको जित अनिवार्य रहेको निष्कर्ष जिल्लावासीको रहेको छ ।

साहसी, निष्कलंक र दूरदर्शी क्षमताका युवा नेता खड्काले देखाएको कार्यशैली, प्रतिबद्धता र परिणाममुखी नेतृत्वकै कारण “उहाँको जितले मात्र दोलखाले विकासको फड्को मार्ने छ”  वामपन्थी नेता कृष्ण शिवाकोटीले भन्नू भयो। यो  धारणा  उहाँ एक्लैको नभएर दोलखा जिल्लावासीको रहेको छ । जुन चर्चा स्थानिय बासिन्दाहरु विच चर्को बहसको बिषय बनेको छ । विदेशमा रहने युवाले घरमा आमा, बुवा, दाजुभाई, दिदिबहिनीलाई फोन गरिरहेकाछन, भोट तारा चिन्हमा दिनुस, दोलखाका भविष्य युवा नेता खड्का संग जोडिएका छ ।

भीमेश्वर दोलखाका नेवार, सुरीका सुरेल, गौरीशंकर, बिगु, माली, श्यामा कालिञ्चोक क्षेत्रका शेर्पा समुदाय, जिरीका जिरेल, मेलुङका मगर, शैलुङका नेवार जाती भाषा, संस्कृती परम्पराको संरक्षणमा सहयोग लगायत जिल्लाका बिभिन्न जातजाती दलित तथा महिलाहरुका हक अधिकारलाई स्थापित गर्न अहोरात्र खट्दै सम्पूर्ण जिल्लावासीको आर्थिक सम्वृद्धीको लागि उहाँले गरेको योगदान कोशेढुङ्गा सावित भएकाछन।  खड्का सबै वर्ग र समुदायका साझा प्रतिनिधिका रूपमा परिचित छन् । 

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रहँदा विशाल खड्काले दोलखा जिल्लाको विकासका लागि महत्वपूर्ण ऐतिहासिक कामहरू अघि बढाएको छन् । शैलुङको बृहत्तर विकास योजना तयार गरी कार्यान्वयनको चरणमा पुर्‍याउनु, सय थुम्काको फेदसम्म मिनी ग्रेटवाल निर्माण, रोल्वालिङ क्षेत्रको समग्र विकास अवधारणा, चीन–नेपाल–भारत जोड्ने सबैभन्दा छोटो दूरीको रणनीतिक सडक मार्गको पहल, जिरी,चेर्दुङ, हनुमन्ते, कालिञ्चोक, मुडे मेलुङ, सडक विस्तार जस्ता योजनाले जिल्लाको आर्थिक भविष्य नै बदल्न सक्ने आशा अनी विश्वास जिल्लावासीले लिएको छ ।

यसका साथै ग्रामीण भेगलाई प्राथमिकतामा राख्दै झोलुङ्गे पुल, पक्की मोटरेबल पुल, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी काम अघि बढाइएको तथ्य तपाई हाम्रो समक्ष सार्वजनिक छ । नेकपा को बटम लाईसंग जेन्जी पुस्तको माग मिल्ने भएकोले ग्रामीण भेगका नागरिकले विशाल खड्कालाई जेन्जिकै भावना बोकेको, दुःख–सुखमा सँगै हिँड्ने, युवाको ऊर्जा र अनुभवी नेतृत्वको सन्तुलन मिलाएको उम्मेदवारका रूपमा हेर्न थालिएको छ ।

विकासलाई नारामा सीमित नगरी परिणाममा बदल्न सक्ने क्षमता भएका कारण दोलखाको भविष्य सुरक्षित हातमा दिनुपर्ने नेता खड्का नै भएको जिल्लावासीको ठहर छ । स्थानीय दोलखा जिल्लावासीका अनुसार अहिलेको निर्वाचन केवल उम्मेदवार चयनको विषय होइन, देशलाई कुन दिशामा लाने भन्ने निर्णायक मोड भएकोले सोही अनुसार सोचविचार गरी मतदान गर्नु पर्ने स्थानिय वासिन्दाहरुको भनाई रहेको छ । यही सन्दर्भमा नेकपा का युवा उम्मेदवार “विशाल खड्काको जित भनेकै दोलखाको जित हो” भन्ने आवाज गाउँ–गाउँमा घन्किन थालेको छ । 

गाउँघरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा उम्मेदवार विशाल खड्कालाई जिताउन स्थानिय वासिन्दाहरु कसिएर लागेका छन् । सारा दोलखा जिल्लावासी बिच ताराको चर्चा छ । 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार