नेपाल सम्वत् ११४६, थिंलागाः ४ चौठी (२२ मंसिर, २०८२, ०८ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ।
यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले टाढाबाट आउने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको प्रबन्ध मिलाएको हो।
कमिटीका सचिव आरसी लामिछानेले बस्न र खानाको समस्या हुने प्रतिनिधिहरूलाई सहजताका लागि यस्तो व्यवस्था गरिएको बताएका छन्। उनले भने, ूयसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर हामीले काठमाडौँमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ।
अहिले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिहरूको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए।
यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन्। पार्टीले आवासको व्यवस्था नगरेकाले यसपटक प्रतिनिधि शुल्क पनि कम तोकेको छ। महाधिवेशनका आयोजक प्रतिनिधिहरूलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिहरूलाई दुई हजार रुपियाँ शुल्क तोकिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij