Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउँदै पुटिन

प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउँदै पुटिन

नेपाल सम्वत् ११४६, थिंलाथ्वः १२, द्वादसी, (१६ मंसिर, २०८२, ०२ डिसेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा डिसेम्बर ४–५ मा भारत भ्रमण गर्न लागेका छन्। यो भ्रमणलाई दुई देशबीचको रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।

पुटिन २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय वार्ता गर्नेछन्। यसबाहेक, उनलाई भारतका राष्ट्रपतिबाट शिष्टाचार भेटका साथै सम्मानमा विशेष भोजको व्यवस्था हुनेछ। यो उच्चस्तरीय भेटघाटले द्विपक्षीय सम्बन्धको प्रगतिको समीक्षा, ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को दिशानिर्देश तय गर्ने तथा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा आपसी समन्वय बढाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस भ्रमणलाई रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले ुवार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमनु भएको बताएका छन्। उनले लामो समयपछि हुन लागेको यो पहिलो भारत भ्रमणले दुवै देशबीच दशकौँदेखि कायम रहेको विश्वास, आत्मीयता र रणनीतिक सहकार्यलाई नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्।

पुटिनको भ्रमणकै अवसरमा नयाँदिल्लीमा भारत–रूस फोरम पनि आयोजना हुँदैछ। मन्तुरोभका अनुसार यो फोरमले भारतीय कच्चा पदार्थ, उपकरण र खाद्य सामग्रीको निर्यात विस्तार, द्विपक्षीय व्यापारको विविधीकरण, संयुक्त लगानी परियोजना र उच्च प्रविधि क्षेत्रमा सहकार्य वृद्धिका विषयमा गहन छलफल गर्नेछ।

मन्तुरोभले आगामी दशकमा दुवै राष्ट्र साँचो र दीर्घकालीन मित्रताु मा आधारित भएर अझ लचिलो, सक्षम र भविष्यमुखी सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। ग्लोबल साउथको प्रभाव बढिरहेको अवस्थामा मस्को–नयाँदिल्ली सहकार्यले विश्वव्यापी सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार