Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

राष्ट्रपति पौडेल आज कतारबाट अपराह्न स्वदेश फर्किन्दै

राष्ट्रपति पौडेल आज कतारबाट अपराह्न स्वदेश फर्किन्दै

नेपाल सम्वत् ११४६, कछलागाः १, प्रतिपदा (२० कार्तिक, २०८२, ६ नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्किने भएका छन् ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको क्रममा विभिन्न उच्चस्तरका भेटवार्ता पनि भएका थिए । 

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि पौडेलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार