Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

'सिटामोल' को गीत ‘झुम्का कानैमा' सार्वजनिक

'सिटामोल' को गीत ‘झुम्का कानैमा' सार्वजनिक

नेपाल सम्वत् ११४५, तछलागाः ७, सप्तमी (४ अषाढ, २०८२, १८ जुन, २०२५) बुधबार, बाँपीझ्याला । फिल्म 'सिटामोल' मा समावेश गीत 'झुम्का कानैमा' सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिचर्ड छन्।

यो गीतमा स्वर बाबुल गिरी र शान्तिश्री परियारको छ। बाबुलकै संगीत रहेको गीतका शब्द गोविन्द भट्टका हुन्।  यो प्रेमिल गीतमा मायाप्रेमको कुरा गरिएको छ। झकिझकाउ सेटमा खिचिएको गीतको भिडिओमा सौगात र बेनिशासँग थुप्रै कोरस कलाकारहरूलाई देखाइएको छ। कविराज गहतराजले भिडिओको कोरियोग्राफी गरेका हुन्।

फिल्म 'सिटामोल' साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। राज बहादुर सानेको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्।

फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँवाला गौतम, सुशील पोखरेल, भुगोल कार्की, आरआर खड्का, दिनेश रेग्मीलगायत कलाकारहरूको अभिनय छ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।

फिल्ममा भुगोल कुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, गंगाराम श्रेष्ठ सह–निर्माता छन्। यसमा बन्दे प्रसादको सम्पादन, दिव्य सुवेदीको छायांकन छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार