Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

रूपा फाउन्डेसनद्वारा जल्पाश्वरी माविलाई २ लाख सहयोग

रूपा फाउन्डेसनद्वारा जल्पाश्वरी माविलाई २ लाख सहयोग

नेपाल सम्वत् ११४५, तछलाथ्वः ६, षष्ठी (१८ जेठ, २०८२, १ जुन, २०२५) आईतबार, बाँपीझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेमा रहेको जल्पाश्वरी माविलाई पुस्तकालय निर्माणका लागि रूपा फाउन्डेसनले नगद २ लाख सहयोग गरेको छ । फाउण्डेसनले विद्यालयको शैक्षिक सुधारमा सघाउने उद्देश्यले नगद आर्थिक सहयोग गरेको हो ।

विद्यालय र रूपा फाउन्डेसनबीच भएको सम्झौतामा समाजसेवी, शिक्षाप्रेमी तथा वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठको पहलमा दुवै पक्षबाट हस्ताक्षर सम्पन्न भई उक्त रकम विद्यालयमा जम्मा भैसकेको छ ।

समाजसेवी एवं फाउण्डेसनका संस्थापक आत्मकृष्ण श्रेष्ठले विद्यालयको शैक्षिक पूर्वाधार विकासमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

श्रेष्ठले यस अघि पनि दोलखाका संयौं शैक्षिक संस्था एवं अन्य क्षेत्रमा पनि मोटो परिमाणमा आर्थिक सहयोग गर्दै आएका छन् । अन्य सामाजिक क्षेत्रमा उत्तिकै सकृय समाजसेवी श्रेष्ठ भीमेश्वर नगरपालिका २ दोलखा बजारका स्थानीय हुन् ।

केही समय अद्दि मात्रै जल्पाश्वरी माविको प्रधानध्यापक नियुक्त भएका प्रकाश दाहालको पहलमा श्रेष्ठले उक्त रकम सहयोग गरेको रुपा फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार