
नेपाल सम्वत् ११४५ बछलाथ्वः ८ (बैशाख २२, २०८२ ) मे ५, २०२५ ,सोमबार, बाँपीझ्याला ।पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ ।पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको एक मन्त्रीले शनिबार बताएको समाचार संस्था एपीले बनाएका छन् । सरकारका एक मन्त्री एन्टोनियो लिताओ अमारोले लगभग १८ हजार गैरकानुनी रुपमा बसिरहेका विदेशीहरुलाई सरकारले देश छाड्न सूचना दिने बताए ।
उनका अनुसार आउँदो हप्ताबाट यो प्रक्रिया सुरु गरिने र पहिलो चरणमा करिब ४५ हजार जनालाई २० दिन भित्र देश छोड्न भनिने बताइएको छ । पोर्चुगलमा आउँदो मे १८ मा आम चुनाव हुँदैछ । त्यहाँका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले संसदमा बहुमत गुमाएपछि राजीनामा दिएर आमचुनाव घोषणा गरेका थिए ।

पछिला दिनमा युरोपमा झँङ्गिदै गइरहेको लोकप्रियतावाद र राष्ट्रवादको आँधीले पोर्चुगलमा प्रभाव पार्न थालेको र त्यहाँको एक उग्र दक्षिणपन्थी पार्टीले गत वर्षको चुनावमा मत बढाएर तेस्रो स्थान प्राप्त गरेको थियो ।
पोर्चुगल सरकारको यो निर्णयले नेपालीहरुलाई पनि असर पार्न सक्छ किनभने पोर्चुगलमा धेरै नेपालीहरुको बसोबास रहेको छ । पोर्चुगलमा झन्डै ७० हजार नेपालीको बसोबास रहेको अनुमान गरिन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij