Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

"हेल्लो काँशीराम" को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

"हेल्लो काँशीराम" को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

नेपाल सम्वत् ११४५, चौलागाः ११, एकादशी, (११ बैशाख, २०८२, २४ अप्रिल, २०२५) विहीवार, बाँपीझ्याला । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन्। गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो।

गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारहरूको ऊर्जा र नृत्य देख्न सकिन्छ। गीतसँगै चलचित्रको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले सार्वजनिक गरेको हो।

यसअघि चलचित्रको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ। रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् भने चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ। जानकारी अनुसार चलचित्रको कुल लागत करिब डेढ करोड पुगेको छ।

यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङले सम्पादन र रंग संयोजन गरेका छन्।

हेल्लो काँशीराममा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्कीलाई यस चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ।

https://youtu.be/jmHT4g3JSEo

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार