
नेपाल सम्वत् ११४५, चौलागाः ९, नवमी, (९ बैशाख, २०८२, २२ अप्रिल, २०२५) मंगलबार, बाँपीझ्याला । भीमपुस्तकालय दोलखाले आफ्नो पुस्तकालय सञ्चालनमा सहयोग पू¥याउन उद्देश्यले दोलखा शहर, दोलखा जिल्ला र दोलखा बाहिरका सामाजिक व्यक्तीत्वहरुलाई आजिवन सदस्यता खुल्ला सँगै सहयोगी मनको सख्यामा बृद्धी भएको छ ।
यही बैशाख ५ गते “पुस्तकालय कोष शुभारम्भ” संगै आजिवन सदस्यहरुलाई समान पत्रबाट सम्मान गरिने, शिलालेखमा नाम लेखिने, पुस्तकमा नाम लेखिने र पुस्तकालयको कार्यक्रममा पत्रचार गरी आमन्त्रण गरिने भन्ने घोषणा सँगै अहिले आजीवन सदस्य हुने महानुभावहरुको संख्यामा बृद्धि हुनुका साथै सहयोगी मनहरुको आकर्षण बढेको छ भनी पुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष युवा समाजसेवी रत्नबहादुर श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

यसै गरी अहिलेसम्म आजिवन सदस्य बन्ने व्यक्ति र संस्थाहरुको संख्या बढ्र्दै २४ पुगेको समेत उहाँले बताउनु भयो । यसरी सदस्य बन्नु भएका सम्पूर्ण महानुभावहरुलाई हार्दिक बधाईका साथै विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
यसै गरी अहिले भीमपुस्तकालय दोलखाको प्रवद्र्धन र व्यवस्थापन पक्षमा सुधारको लागि शुरु गरिएको पुन्य कार्यमा सम्पूर्ण दोलखा शहर प्रति माया ममता अनी सदभाव् राख्नु हुने दोलखा जिल्लावासी, नेपाली दाजुभाई, दिदीबहीनी र शुभचिन्तक शिक्षाप्रेमी महानुभावहरुलाई सहभागी भई सहयोग गर्न अध्यक्ष श्रेष्ठले विनम्र आग्रह गर्नु भएको छ । अहिलेसम्म आजिवन सदस्यता प्राप्त गर्नु हुने व्यक्ती र संघ–संस्थाहरुमा निम्न अनुसार रहेको जानकारी प्राप्त भएको छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij