
नेपाल सम्वत् ११४५, चौलाथ्वः १५, पूर्णीमा (३० चैत्र, २०८१, १२ अप्रिल, २०२५) शनिवार, बाँपीझ्याला, दोलखा । नक्छे प्रधान परिवारको निर्माणाधिन अवस्थामा रहेको कुलघरको आज विधिपूर्वक मुलढोका प्रतिस्थापन गरिएको छ ।
कुलघरका थाकती यज्ञबहादुर प्रधानले विधिपूर्वक पूजाआजा गरी कुलघरको ढोका प्रतिस्थापन गरिएको छ भनी कुलघरका सदस्य अजय प्रधानले बताउनु भयो ।
उक्त मुलढोका प्रतिस्थापनमा कुलघरका जेष्ठ नागरिक भुवन प्रधान, चक्रबहादुर प्रधान, मुक्ती प्रधान, चेलिबेटी कल्याणीदेवी श्रेष्ठ र शरणकुमार प्रधान लगायन अन्य दाजुभाई, दिदीबहीनीहरुको उपस्थितीमा पूजा कार्यक्रम सम्पन्न भएको छ भनी प्रधानले बताउनु भयो ।
यसरी निर्माण भईरहेको कुलघरको लागि नक्छेमी प्रधान खलकका दाजुभाई, दिदीबहीनी र म्यासमुचा खलकका सन्तानहरुबाट आ–आफ्नो स्वईच्छाबाट प्रदान गरिएको सहयोगबाट निर्माण भईरहेको समेत जानकारी दिनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij