नेपाल सम्वत् ११४५, चौलाथ्वः १०, दशमी (२५ चैत्र, २०८१, ७ अप्रिल, २०२५) सोमबार, बाँपीझ्याला । सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवम् माष्टरिङ र राजबाबु थापा रेकर्डिष्ट रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको कलर संयोजन र लक्षमण चौहानको सम्पादन छ ।
आफूले माया गरेको मान्छेलाई खुशी दिन नसकेको र आफू पनि खुशी हुन नसकेको गीतमा व्यक्त गरिएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij