Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चलचित्र ‘कर्मा’ ट्रेलरमा यस्तो देखियो 

चलचित्र ‘कर्मा’ ट्रेलरमा यस्तो देखियो 

नेपाल सम्वत् ११४५, चौलाथ्वः ६, चर्तुदशी (२१ चैत्र, २०८१, ३ अप्रिल, २०२५) बिहीबार, बाँपीझ्याला । चलचित्र ‘कर्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत अटाएका छन् । ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म असर पुर्‍याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिबन्दमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ । चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

प्रेमसँगै आमाको आशीर्वाद र निर्दयी समाजको कथा चलचित्रको ट्रेलरले सङ्केत गरेको छ । विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’ मा विपिन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भास्कर स्वाँरको सङ्गीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

https://youtu.be/zy6bxu6FWZc

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार