Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

Holistic Reiki Summit 2025 सफलतापूर्वक सम्पन्न

Holistic Reiki Summit 2025 सफलतापूर्वक सम्पन्न

नेपाल सम्वत् ११४५, चिल्लागाः २ द्वितिया, (३ चैत्र, २०८१, १६ मार्च, २०२५) आईतबार, बाँपीझ्याला । Holistic Minds र Life Celebration Center को आयोजनामा Holistic Reiki Summit 2025 चैत ३, आइतबार, २०८१ (March 16, 2025) मा सफलतापूर्वक सम्पन्न भयो।

यो Summit Holistic Minds र Life Celebration Center का आफ्ना साधकहरूलाई Reiki को ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित गरिएको थियो।

कार्यक्रमको सञ्चालन Reiki Grand Master आदर्श प्रधान द्वारा गरिएको थियो। उहाँले Reiki को उद्भावना देखि सम्पूर्ण प्रक्रिया र महत्वपूर्ण पक्षहरूको बारेमा गहिरो चर्चा गर्दै सबैलाई प्रेरित र प्रोत्साहित गर्नुभयो। उहाँको प्रस्तुति Reiki का आधारभूत सिद्धान्तहरू र यसको प्रभावकारीता बुझ्नका लागि अत्यन्तै महत्वपूर्ण थियो।

Reiki Healer श्रुति राई ले Reiki लाई स्वास्थ्य सुधारको माध्यम मात्र नभई, व्यावसायिक उपचार विधि तथा आध्यात्मिक उन्नतिको मार्ग का रूपमा समेत उपयोग गर्न सकिने उल्लेख गर्दै, यसले आफ्नो व्यक्तिगत तथा पेशागत जीवनमा पुर्‍याएको योगदानबारे अनुभव साझा गरिन्।

Reiki Master रामेश्वरी पक्काले Reiki को प्रभाव मानिसहरूमा मात्र सीमित नभई जनावर, बिरुवा, तथा बीउहरूमा समेत सकारात्मक असर पार्ने बताउँदै, यसलाई पर्यावरणीय तथा आध्यात्मिक अभ्यासमा एकीकृत गर्न सकिने सम्भावनाबारे प्रकाश पारिन्।

Reiki Master भवानी देउजा (USA) ले दूर-उपचार (Distance Healing) सम्बन्धी आफ्ना अनुभवहरू साझा गर्दै Reiki अभ्यासले सांसारिक दूरी पार गरी ऊर्जा हस्तान्तरण गर्न सकिने अद्भुत सम्भावना प्रस्तुत गरिन्।

Reiki Master मोहन गौतम ले Reiki ले आफ्नो जीवनको हरेक पाटोमा सहयोग पुर्याएको र यसले ढुक्कपन र शान्ति ल्याउने अद्भुत युनिभर्सल ऊर्जा र यसको प्रभावलाई प्रस्तुत गर्नुभयो। उहाँले यी कार्यक्रमहरूको निरन्तर आयोजना आवश्यक रहेको र सबैलाई Reiki का लाभहरू बुझ्न र अनुभव गर्न प्रेरित गर्नुभयो।

सहभागीहरूले Reiki को शारीरिक, मानसिक, तथा आध्यात्मिक प्रभाव सम्बन्धी आफ्ना अनुभवहरू प्रस्तुत गरे। उनीहरूले Reiki अभ्यासपछि जीवनमा आएको सकारात्मक परिवर्तन, स्वास्थ्य लाभ, आत्मशान्ति, तथा व्यक्तिगत तथा व्यावसायिक जीवनमा Reiki को उपयोगिता सम्बन्धी महत्वपूर्ण अन्तरदृष्टिहरू प्रस्तुत गरे। कतिपयले दीर्घरोगको सुधार, भावनात्मक सन्तुलन, तथा आध्यात्मिक जागरणको अनुभव साझा गरे।

कार्यक्रमको समापन Reiki Grand Master एवं प्रमुख अतिथि रञ्जन प्रजापति द्वारा गरिएको थियो। उहाँले Reiki साधना तथा उपचारमा आधारित ३० वर्षको अनुभव, ऊर्जाशक्ति व्यवस्थापन, तथा आध्यात्मिक चेतनाको उन्नति सम्बन्धी महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नुभयो।

संस्थाका अध्यक्ष बिपुला श्रेष्ठ ले Summit लाई प्रत्येक वर्ष कम्तीमा २ पटक आयोजना गर्ने योजना रहेको बताउँदै, Reiki अभ्यासको व्यापक प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञान आदानप्रदान गर्ने लक्ष्य भएको पत्रिकालाई जानकारी दिनु भएको छ।

Holistic Reiki Summit 2025 ले Reiki अभ्यासको महत्वलाई पुनः पुष्टि गर्दै Holistic Minds र Life Celebration Center का प्रशिक्षित साधकहरूलाई Reiki को ज्ञान र अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार