
नेपाल सम्वत् ११४५ चिल्लाथ्वः १३ (२८ फाल्गुन, २०८१) मार्च १२, २०२५ ,बुधबार, बाँपीझ्याला ।भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका-६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन रु आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको हो । पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij