

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ८ अष्टमी, (२३ फागुण, २०८१, ७ मार्च, २०२५) शुक्रवार, बाँपीझ्याला । गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते उनको अफिसियल युट्युब च्यानल ‘रुद्रसेन क्रिएशन’ मार्फत यो गीत रिलिज गरिएको हो ।
नेपाली संगीतमा छुट्टै पहिचान बनाएका गायक रुद्रसेनले यसपटक होली पर्वलाई लक्षित गरी ‘होली सररर’ ल्याएका छन् । गीतमा चर्चित गायिका समीक्षा अधिकारीले रुद्रसेनसँग स्वर भरेकी छन् भने संगीत तथा शब्द रचना स्वयम् रुद्रसेनकै रहेको छ । गीतको एरेञ्ज योगेश काजीले गरेका हुन् ।
गीतको भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेन विश्वकर्माको उत्कृष्ट नृत्य तथा अभिनय देख्न सकिन्छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।
ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै गायक रुद्रसेनले भने, "यो मेरो लागि निकै विशेष होली गीत हो । आर्यन सिग्देलले पहिलो पटक होली गीतमा अभिनय गरेका छन्, जसले गीतलाई झन् प्रभावशाली बनाएको छ ।"
गीतलाई डिजिटल प्लेटफर्महरू जस्तै युट्युब, स्पोटिफाइ, एप्पल म्युजिक, जिओसावन लगायतमा सुन्न सकिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij