
नेपाल सम्वत् ११४५, सिल्लाथ्वः १५ पूर्णिमा (३० माघ, २०८१, १२ फ्रेवअरी २०२५) बाँपीझ्याला । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ ।
गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ ।

आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् । रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij