Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीम पुस्तकालय दोलखामा निःशुल्क इन्टरनेट सेवा

भीम पुस्तकालय दोलखामा निःशुल्क इन्टरनेट सेवा

नेपाल सम्वत् ११४५, सिलाथ्वः ५, पञ्चमी (२१ माघ, २०८१, ३ फ्रेवअरी, २०२५) सोमबार, बाँपीझ्याला, दोलखा । वल्र्ड लिङ्क कम्युनिकेशन लि.ले प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे स्थित भीमपुस्तकालयलाई एक बर्षको लागि ईन्टरनेट सेवा निःशुल्क प्रदान गरिएको छ ।

पुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष युवा समाजसेवी रत्नबहादुर श्रेष्ठले निःशुल्क ईन्टरनेट सेवा उपलब्ध गराई पाउँ भनी वल्र्ड लिङ्क कम्युनिकेशन लि. को केन्द्रीय कार्यालय जावलाखेल स्थित दिएको निवेदन अनुसार दोलखा स्थित वल्र्ड लिङ्क कम्युनिकेशन लि.को शाखा कार्यालयको समन्वयमा आजदेखि एक बर्षको लागि निःशुल्क ईन्टरनेट सेवा उपलब्ध गराईएको छ अध्यक्ष श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

भीमपुस्तकालय स्थापना भएको करिव ५६ बर्ष पछी गत २०८१ पौष २७ गते शनिवारदेखि पुनः संचालनमा आएको छ । दोलखाका जेष्ठ नागरिक बरिष्ठ ईन्जिनियर समाजसेवी आत्माकृष्ण श्रेष्ठले आफ्नो दिवंगत श्रीमती रुपा श्रेष्ठको सस्मरणमा रुपा फाउण्डेशनको वित्तिय लगानीमा पुनः निर्माण कार्य सम्पन्न पश्चात पौष २७ बाट संचालनमा ल्याई भीमेश्वर नगरपालीका वडा नं. २ लाई हस्तान्तरण गरिएको हो ।

यसै सन्दर्भमा युवा समाजसेवी रत्न श्रेष्ठको अध्यक्षतामा पुस्तकालय संचालनको लागि व्यवस्थापन समिती गठन गरिएको थियो । हाल उक्त व्यवस्थापन समिती मार्फत पुस्तकालय संचालन भईरहेको छ ।

यसरी आफ्नो संयोजनमा संचालनमा आईरहेको भीमपुस्तकालयलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव, शुभचिन्तकहरुमा हार्दिक आभार सहीत वल्र्ड लिङ्क कम्युनिकेशन लि. लाई निःशुल्क ईन्टरनेट सेवा उपलब्ध गराई सहयोग गरेकोमा विशेष धन्यवाद व्यक्त गरिएको र यसै गरी शुभचिन्तक महानुभावहरुबाट निरन्तर सहयोग पाउनेमा आफु आशावादी रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार