
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ प्वाकल्चा पाखलती निवासी बा अमृत बहादुर श्रेष्ठ तथा आमा शान्तीदेवी श्रेष्ठको कान्छा छोरा राकेश श्रेष्ठ (रामदर्शन) विक्रम सम्वत् २०३३ साल असोज १३ गते आफ्नै निवासमा प्वाकल्चा पाखलतीमा जन्मनु भएको हो ।
राजकुलेश्वर आधारभुत विद्यालयबाट आफ्नो प्राथमिक कक्षा शुरु गर्नु भएका राकेश श्रेष्ठले भीम माध्यमिक विद्यालय दोलखाबाट एस.एल.सि.पास गर्नु भएको हो । यसै गरी आईकम शंकरदेव क्याम्पसबाट पुरा गर्नु भएको हो भने विबिएस सरस्वती क्याम्पस ठमेलबाट गर्नु भएको छ ।

कालिञ्चोक गाउँपालीका वडा नं. ८ सुनखानी निवासी बुबा टहलबहादुर आचार्य तथा आमा रत्नमाया आचार्यकी छोरी निर्जला आचार्यसँग वि.सं. २०६८ सालमा बैबाहीक सम्वन्धमा गाँसिन्नु भएका श्रेष्ठको दुई छोरा नेशन दर्शन श्रेष्ठ र हृदय दर्शन श्रेष्ठ हुनु हुन्छ ।
लामो समय पर्यटन ब्याबसाय र निर्माण ब्याबसाय आबद्ध श्रेष्ठ दोलखाका युवा समाजसेवी मध्ये एक हुनु हुन्छ । यसै गरी सामाजिक संघ–संस्थामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखा, नेपाल क्षयरोग संघ दोलखाका आजिबन सदस्य हुनु हुन्छ । यसै गरी गिरिजा प्रसाद कोईराला फाउन्डेसन दोलखा जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठ नेपाली काँग्रेसको दोलखाका युवा पुस्ताको चर्चित नाममध्ये एक पर्नु हुन्छ ।
नेविसंघ मा वि.सं. २०४९ साल भीमावि बाट माहाधिबेशन प्रतिनिधिबाट राजनितीक यात्रा शुरु गर्नु भएको श्रेष्ठ, नेबिसंघको २०५२ सालमा सदस्यता लिनु भएका श्रेष्ठले शंकरदेब क्याम्पस ईकाई सदस्य वि.सं. २०५५ देखि २०६३ सम्म, सरस्वती क्याम्पस ईकाई उपाध्यक्ष, का.बा सभापति, २०६४ मा नेबिसंघ अध्यक्ष, वि.सं. २०६८ मा नेपाली कांग्रेस दोलखाको जिल्ला कार्य समिति सदस्यता हासिल गर्नु भई वि.सं. २०७३ सालसम्म क्रियाशिल रहनु भयो ।
यसै गरी वि.सं. २०७८ देखि हाल सम्म नेपाली काँग्रेस दोलखा जिल्ला पार्टी प्रबक्ता एबं नेपाल तरुण दलका केन्द्रीय सदस्य हुनु हुन्छ ।

श्रेष्ठ नेपाल भित्र मात्र नभएर नेपाल बाहीर श्रीलंका, बाकु, अजर बैजान, दुबई, चिन, सींगापुर र भारत लगायतका देशहरुमा भ्रमण गरि सक्नु भएका छन् ।
नेपाल सरकारको निर्णय अनुसार भुमि समस्या सामाधान आयोग दोलखाको अध्यक्षमा युवा समाजसेवी नेपाली काँग्रेसका जिल्ला नेता श्रेष्ठ नियुक्ती हुनु भएको छ । यस कुसल अवसरमा उहाँको कार्यकालको सफलताको लागि दोलखा भीमेश्वरमा हामी सदा दिन प्रार्थना गर्दछौं ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij