Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

चीनको डिङ्गयी काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षतिले मर्माहत बनाएको छ : माओवादी केन्द्र

चीनको डिङ्गयी काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षतिले मर्माहत बनाएको छ : माओवादी केन्द्र

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ९, नवमी (२४ पुष, २०८१, ८ जनवरी, २०२५) बुधबार, बाँपीझ्याला । उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट सिजाङ क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिले माओवादी केन्द्र मर्माहत बनाएको उल्लेख गर्दै आज एक प्रेस विज्ञप्ती जारी गरिएको छ ।

यस दुःखको घडीमा हाम्रो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ नागरिकको साथमा रहेको कुरा समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनीएको छ, भूकम्प परी मृत्यु भएका सबै चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

खोज तथा उद्धार प्रयासलाई तीव्र रुपमा अगाडि बढाइएका समाचार प्राप्त भएका छन्, राहत तथा पुनस्र्थापनामा पनि उत्तिकै सफलता मिलोस् भन्ने कामना गर्दछौं ।

नेपालमा पनि भूकम्पको धक्का महशुस गरिए पनि कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ । यद्यपि, परकम्प आउनसक्ने भएकोले चनाखो र सतर्क रहन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सबैलाई आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार