
नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ४, प्रतिपक्ष (१९ पुष, २०८१, ३ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ६ लाख ४३ हजार ३ सय ४० रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।
यही मंसिर २२ गतेदेखि पौष २५ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले बताउनु भयो ।

दोलखा भीमेश्वरमा अहिले जाडो महिना भएको कारणले दर्शन गर्न आउने भक्तजनहरुको चाप केही कमि भएको भएतापनी स्थानिय भक्तजनहरुको घुँईचो भने यथावत नै रहेको छ । गत बर्षको तुलनामा यस बर्ष अधिकतम चिसो बढेको कारणले भक्तजनहरु घटेको हुन सक्ने अनुमान स्थानिय होटेल व्यवसायीहरुको रहेको छ ।

तर कालिञ्चोक दर्शन र पर्यटकिय गन्तव्य शैलुङ घुम्न आएका स्थानिय तथा बाह्य पर्यटक भक्तजनहरु दोलखा भीमेश्वर दर्शन गरेर फर्किने गरेको पाईन्छ । दोलखामा बास बस्नेको संख्यामा भने कमी आएको भनाई रहेको छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij