
प्रा.डा. श्याम जोशी
अचेल केहि महिला लेखिकाहरु बिद्यालयमा यौंन शिक्षा दिनु पर्ने वकालत गर्छन् र यसले यौनजन्य अपराध नियन्त्रण हुन्छ भन्ने तर्क गर्छन्, यसको उल्टो असरको भने बिल्कुलै बेवास्ता गरेर । यो पढेर मलाई एउटा कथाको याद आयो ।
एक पटक ऋषि व्यास र उनका जवान छोरा शुकदेव एक पोखरी नजिकको बाटो बाट जाँदै थिए जहाँ युवतीहरू नग्न नुहाउँदै थिए । शुकदेव जाँदा महिलाहरूले उसलाई बेवास्ता गरेर आफुलाई पूरै ढाक्ने प्रयास नगरी नग्न नै नुहाइरहे । तर जब बूढो ऋषि आए तिनीहरूले तुरुन्तै आफूलाई पूरै कपडाले ढाके । यो विचित्र घटना देखेर ऋषि धेरै आश्चर्यचकित र अन्योलमा परे ।

कौतुहलबस सोध्दा उनीहरूले “उनको छोरा सानै भए पनि अहिलेसम्म यौनसम्पर्कको अनुभव नगरेकोले उसबाट कुनै खतरा नभएको बताए । तर बुद्धिमान् ऋषिले यो सबै अनुभव गरिसकेकाले, वृद्ध भए पनि, मौका मिल्यो भने उनको यौन इच्छा जाग्न सक्छ”। तिनीहरुको कुरामा ऋषि विश्वस्त भए र गए ।
उक्त कुरा लाइ यो भनाइले पनि पुस्टि गर्छ । एक पटक नेपालकी आनी छोइंग ड्रोलमा लाइ एकजना पत्रकारले तपाइँले बिबाह नगरेर जिबनको एक महत्वपूर्ण स्वाद (रमाइलो) गुमाउनु भयो भन्दा उनले यस्तो जवाफ दिएकी थिइन् – ‘जसले त्यो चिज कहिले चाखेको छैन उसलाई त्यसको स्वादको के मतलब”, “बाहुनले च्याउ खाएको भएपो च्याउको स्वाद थाहा पाओस” भने जस्तो ।

त्यसैले, अरू सबैजस्तै, वास्तवमा यौन बारे सिकाउने र सिक्ने खास समय हुन्छ। नैतिक, भावनात्मक, आध्यात्मिक मूल्यमान्यता विहीन हतारले दिइएको र अवैज्ञानिक यौन शिक्षाले व्यक्ति, परिवार र समग्र राष्ट्रका लागि विनाशकारी नतिजा सहित यौन अराजकता निम्त्याउने निश्चित छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij