नेपाल सम्वत् ११४६, बछलागाः १० दशमी (२९ बैशाख, २०८३, १२ मे, २०२६) मंगलबार, बाँपिझ्याला । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागमती प्रदेशले सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ। सातै प्रदेशमध्ये बागमती प्रदेशका विद्यार्थीको प्रदर्शन सबैभन्दा राम्रो देखिएको हो।
सार्वजनिक नतिजाअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन्। यस प्रदेशबाट २० हजार ४२९ विद्यार्थीले उक्त जीपीए ल्याएका हुन्।
अन्य प्रदेशतर्फ कोशीमा ८ हजार ६७४, मधेशमा ६ हजार १७२, गण्डकीमा ३ हजार ९९९, लुम्बिनीमा ६ हजार ४३६, कर्णालीमा १ हजार २६८ र सुदूरपश्चिममा १ हजार ४१४ विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन्।
बागमती प्रदेशमा ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या २४ हजार ८३७ रहेको छ भने २.८० देखि ३.२० जीपीए ल्याउने २१ हजार ५७८ विद्यार्थी रहेका छन्।
यस वर्ष बागमती प्रदेशबाट कुल ९८ हजार ८१७ परीक्षार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये २१ हजार ७०४ जनाको नतिजा नन ग्रेडेड आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij