नेपाल सम्वत् ११४६, यंलागाः १५, औसी (२४ असोज २०८३, १० अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी (Personal Security Officer) प्रयोग गरिएको भए त्यसबारे सूचना तथा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले विशेष तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा सम्बन्धित विवरणसहित जानकारी गराउन अनुरोध गरेको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार ‘विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी व्यवस्था स्पष्ट गरिएको छ। तर, उक्त व्यवस्थाविपरीत सुरक्षाकर्मी खटाइएको तथा कार्यविधिले व्यवस्था नगरेका व्यक्तिहरूले समेत व्यक्तिगत सुरक्षाकर्मी प्रयोग गरिरहेको हुन सक्ने भन्दै मन्त्रालयले त्यस्ता गतिविधिबारे सूचना माग गरेको हो।
मन्त्रालयले कार्यविधिमा व्यवस्था भएविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा आ–आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको सूचनामा उल्लेख छ।
त्यसैगरी, उक्त निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। कानुनविपरीत सुरक्षाको कामबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यमा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा समेत जानकारी गराउन आग्रह गरिएको छ।
मन्त्रालयले त्यस्ता गतिविधिबारे गृह मन्त्रालयको कल सेन्टरको फोन नम्बर ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिन सकिने जनाएको छ। उजुरी दिने व्यक्तिको गोपनीयता कायम राखिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित उक्त सार्वजनिक सूचना २०८३ असोज २३ गते जारी गरिएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij