
नेपाल सम्वत् ११४४ थिंलाथ्वः १५(३० मंसिर , २०८१) डिसेम्बर १५, २०२४ , आइतबार, बाँपीझ्याला ।नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले "ह्वाट इन्टरभेन्सनल पल्मोनोलोजी क्यान अफर: करेन्ट प्रस्पेक्टिभ" नामक कार्यक्रम आयोजना गरेको छ। इन्टरभेन्सनल एण्ड मेडिकल पल्मोनोलोजी विभागले आयोजित यो कार्यक्रममा, नेपालमा हालै पहिलो पटक सफलतापूर्वक गरिएको क्रायोसर्जरी उपचारबारे जानकारी दिइयो।
कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले इन्टरभेन्सनल पल्मोनोलोजीको अभ्यासले क्यान्सरका बिरामीलाई राहत दिने बताउँदै नेपालमै विश्वस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डा. विश्वाश शर्माले बिना ठूलो घाउ, दूरबिनको सहायताले गरिने प्रक्रियाले स्वासनली र स्वासप्रश्वास प्रणालीका ट्युमर तथा अवरोध हटाउन सकिने जानकारी गराए।

कार्यक्रममा ERBE Cryo2 मेशिनको उपयोगबारे सुमन लोहलाले क्रायोसर्जरीले अवरोध हटाउन हानिकारक तन्तुहरूलाई चिस्याएर मार्ने प्रक्रिया समझाए। उपमा बस्नेतले ट्राकियल स्टेन्ट जस्ता उपकरणले बिरामीको जीवनस्तर कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। अम्बु इन्डियाका सुनिल सिंहले पोर्टेबल ब्रोन्कोस्कोप को पहुँच र प्रभावबारे जानकारी गराए। कार्यक्रमले नेपालमा नवप्रवर्तनशील इन्टरभेन्सनल पल्मोनोलोजी सेवाको विकास र यसको महत्त्वलाई उजागर गरेको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij