
नेपाल सम्वत् ११४५, थिलाथ्वः २, प्रतिपक्ष, (१८ मंसिर, २०८१, ३ डिसेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । नागार्जुन नगरपालीका वडा नं. १ रानीवनको आयोजना र Matrika Eye Center संगको सहकार्यमा यही मंसिर २२ गते शनिवार वडा नं. १ को कार्यालय रानीवनमा आँखा शिविर संचालन गर्ने भएको छ ।

बरिष्ठ नेत्र विशेषज्ञहरु सहयोगमा वडा कार्यालयको आयोजनामा हुन गईरहेको आँखा शिविरमा उपस्थित भई आफ्नो आँखा जचाँउनु हुन वडाध्यक्ष रामेश्वर लामाले स्थानिय वडावासी लगायत शुभचिन्तक महानुभावहरुलाई आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

मंसिर २२ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुन गईरहेको शिविरमा मोतिविन्दु भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया हुने समेत वडाध्यक्ष लामाले बताउनु भयो ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij